अपि पावरले साधारण सभा फागुण १४ गते

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १८ ११:३७ बजे
अपि पावर

काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडले लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाँकेको छ ।  कम्पनीले १९ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुण १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे बस्ने भएको छ । 

गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

सभाले उक्त बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ३ अर्ब १३ करोड रुपैयाँको १ शेयर बराबर ०.४० प्रतिशतका दरले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुण ४ गते बुक क्लोज तोकेको छ ।

२०७९ माघ १८ ११:३७ बजे

प्रतिक्रिया