सिभिल लघुवित्तको ११.५८ प्रतिशत लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ १०:३४ बजे
सिभिल लघुवित्त

काठमाडों । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११ प्रतिशत बोनस शेयर र ०.५८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश  घोषणा गरेको छ । 

माघ १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बेठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

२०७९ माघ १५ १०:३४ बजे

प्रतिक्रिया