३ खर्बको पश्चिम सेती र सेती ६ जलविद्युत भारतीय कम्पनीलाई

३ खर्बको पश्चिम सेती र सेती ६ जलविद्युत भारतीय कम्पनीलाई

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २४ १७:०४ बजे
जलविद्युत

काठमाडौं ।  लगानी बोर्डले १२०० मेगावाटको पश्चिम सेती र सेती नदी( ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने  भएको छ ।  कम्पनिले भारतलाई  दिने गरी समझदारीपत्र (एमओयू) को मस्यौदा स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२ औँ बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी-६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो ।

यी दुई आयोजना बनाउन २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर अर्थात  नेपालीमा  ३ खर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ ।बोर्डका अनुसार पश्चिम सेतीको मात्र करिब एक खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर र सेती नदी( ६ एक खर्ब रुपैयाँ अर्थात ९२ करोड ७० लाख डलर लाग्ने अध्ययनले देखाएको छ ।

एनएचपीसीले जलविद्युत र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

२०७९ साउन २४ १७:०४ बजे

प्रतिक्रिया