संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको उपचारका क्रममा मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ११ ०९:१५ बजे
मप्रसाद आचार्य

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएका  प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।

स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ ।

२०७९ माघ ११ ०९:१५ बजे

प्रतिक्रिया