सेयर बजारमा सामान्य सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १० १५:२२ बजे
सेयर बजार

काठमाडौं । हिजाे ओरालो लागेको सेयर बजार परिसुचक नेप्से आज समान्य अंकले उकालो लागेको छ ।  आज नेप्से ८.१४ अंकले उकालो लागेको हो । 

सो अंकको वृद्धिपछि नेप्से २१७३ विन्दुमा पुगेको छ । । कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रहृयो । बैंकिङ उपसमूह २ तथा उत्पादन ३ अंक घटे । विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंक बढे ।

सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत तथा सूर्योदय लघुवित्तको ९.७ प्रतिशत बढ्यो । मैलुङखोलाको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

२०७९ माघ १० १५:२२ बजे

प्रतिक्रिया