नेप्सेमा सामान्य गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ १५:१६ बजे
सेयर बजार

केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से  साताको कारोबारको पहिलो दिन आज ओरालो लागेको छ । सेयर बजार परिसुचक नेप्से आज १३.७१ अंकले ओरालो लागेको छ  । बजार आज ओरालो लागेसँगै नेप्से २१६५.१० विन्दुमा पुगेको छ । 

आज बजार ओरालो लागे पनि कारोबार रकममा भने सुधार भएको छ । आज विभिन्न २५७ कम्पनीका सेयर ३८६ करोड बराबरको कारोबार भएका छन् । आज सबै भन्दा धेरै कारोबार कुमारी बैकका सेयर भएका छन् । त्यस्तै एनआईसी एसिया बैक र राढी हाइड्रोपावरका सेयर किनबेच भएका छन् । 

आज बजार समान्य अंकले ओरालो लाग्दा सबैभन्दा धेरै गुमाउनेमा हिमालय  हाइड्रो पावर लिमिटेड, लिबर्टी  इर्नजी कम्पनी लिमिटेड र सिङ्गटी हाइड्रो पावर रहेको छ । 

आज बजार ओरालो लागि रहँदा कृषी विकास बैकको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज त्यस्तै सानिमा जेआइसी इन्स्युरेन्स , कुमारी बैक र स्टान्डर्ड चार्टर्ड बैकको सेयर मूल्य उच्च अंकले उकालो लागेको छ । 

२०७९ माघ ९ १५:१६ बजे

प्रतिक्रिया