नेशनल माइक्रोफाइनान्स नेप्सेको कारबाहीमा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ १४:४० बजे
नेशनल माइक्रोफाइनान्स

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त नेप्सेको कारबाहीमा परेको छ । सेयर मूल्यमा प्रभाव पार्नेगरी कम्पनीले गतिविधि गरेको भन्दै नेप्सेले माइक्रोफाइनान्समाथि कारबाही गरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । माइक्रोफाइनान्सले सोमबार संचालक समितिको बैठक राखी प्रस्ताव गरेको गत आर्थिक वर्षको लाभांशको व्यहोरापत्र सोही दिन नै नेप्सेमा पठाएको थियो । तथापि, कारोबार समयमा नै पत्र पठाइएपछि नेप्सेले कम्पनीमाथि कारबाही गरेको हो । 

नेप्सेमा सूचीकृत संगठित संस्थाले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम २२(१) मा भएको व्यवस्था अनुसार मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । माइक्रोफाइनान्सले कारोबार चलिरहेकै समयमा पत्र पठाएकाले विनियमावली अनुसार कारबाही गरिएको नेप्सेले जनाएको छ ।   

२०७९ माघ ९ १४:४० बजे

प्रतिक्रिया