सुन र चाँदीको मूल्य उकालो लाग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ ११:३३ बजे
सुन

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य उकालो लागेको छ ।   आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले उकालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आइतबार १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, आज १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

 आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइ रहेको संघले जनाएको छ। आइतबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

२०७९ माघ ९ ११:३३ बजे

प्रतिक्रिया