कृषिमा डिजिटल बिमा कार्यक्रम प्रभावकारी बन्दै

डिजिटल बिमा कार्यक्रम नेपालमै पहिलो पटक बर्दिया, बाँके र नवलपरासी जिल्लाबाट सुरु गरिएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ ११:२१ बजे
कृषिमा डिजिटल बिमा

काठमाडौं ।  बर्दिया बढैयाताल गाउँपालिका— ३ का नवराज पौडेलको बेमौसमी वर्षाले उत्पादनमा सुरु गरेसँगै  डिजिटल बिमा गरेका थिए । उनले आफूले गरेको डिजिटल बिमा मार्फतको  राहात पाएका छन् उनी राहत पाउदा खुसी छन् । 

उनको अत्यधिक पानीले खेत डुब्यो अनि धान ढल्यो। उत्पादनमा निकै कमी आयो तर ६ महिनाअघि गरेको डिजिटल बिमाको भुक्तानीको चेक पाउँदा उनले राहत महसुस गरेका छन्। उनले  ‘असारमा १ बिघा क्षेत्रफलमा बिउ उत्पादन गर्ने गरी, धान रोपेपछि डिजिटल बिमा गरें। 

बिघाको ८ सय ८६ रुपैयाँ खर्च लाग्यो। वर्षाले धान खेतीमा क्षति पुगेपछि कम्पनीले मूल्यांकन गरी बिमाबापतको ३ हजार ४ सय रुपैयाँ  पाएका हुन् । उक्त रकमबाट उनले केही हद सम्म राहतपाएको महसुस गरेका छन् । 

परम्परागत रूपमा गरिने बिमा प्रभावकारी नभएपछि सरकारले बर्खे धानबाली, बिउ उत्पादन बाली र मकैलगायत महत्वपूर्ण नगदेबाली तथा  पशुपालक किसानहरूका लागि डिजिटल बिमा कार्यक्रम ल्याएको छ।

डिजिटल बिमा कार्यक्रम नेपालमै पहिलो पटक बर्दिया, बाँके र नवलपरासी जिल्लाबाट सुरु गरिएको हो। यसवर्ष देखि भने बिमा कार्यक्रम देशैभर लागू गरिने भएको छ। नेपालमा कृषि क्षेत्रमा गरिने अन्य बिमा कार्यक्रम प्रभावकारी रूपमा  चल्न नसक्दा डिजिटल विमा कार्यक्रम भने प्रभावकारी भएर जाने देखिएको छ । 

सिड इन्नोभेसन प्रालि काठमाडौंले ७ महिना अघिदेखि सुरु गरेको बिमा कार्यक्रमले ३ वटा जिल्लाका ९४ जना कृषकहरूलाई बिमाबापतको रकम चेकमार्फत पाइसकेका छन् । प्रतिबिघा उत्पादनको आधारमा ८ सयदेखि १ हजार रुपैयाँसम्म बिमाको प्रिमियम लाग्छ।

डिजिटल बिमाप्रविधि अन्तर्गत भूउपग्रह, स्वचालित मौसम स्टेसन, किसानले मोबाइल एपमार्फत खिचेको फोटो, भिडियो (जीपीएस-कम्पास)सहितको प्रक्रियामार्फत बिमा क्षेत्रको अनुगमन गरिन्छ। बिमा अवधिभर किसानले भोगेका समस्या, खडेरी, किरा, प्राकृतिक प्रकोपका बारेमा प्लान्टसेट कृषि बिमा प्रयोग गरी मेसेजमार्फत म्यासेज पठाइन्छ। त्यसरी पठाएको क्षतिको दाबीका आधारमा फिल्डमा पुगी क्षति यकिन गरी किसानको उत्पादन निकाली सोहीबमोजिम बिमा रकम भुक्तानी गर्ने प्रावधान रहेको छ। 

सरकारले बालीअनुसारको भुक्तानी दाबीको दर तय गरेको छ। सरकारले राधा ४ जातको धानमा प्रतिहेक्टर ३ दशमलव २ मेट्रिकटन उत्पादकत्व र सावा मन्सुली जातको धानमा प्रति ५ हेक्टर क्षेत्रफलमा ३ दशमलव ५ मेट्रिकटन उत्पादन कायम गरेको छ। 

२०७९ माघ ९ ११:२१ बजे

प्रतिक्रिया