माछापुच्छ्रे बैंकको खुद नाफा बढ्यो , प्रतिसेयर आम्दानीमा पनि वृद्धी

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ८ ०९:१८ बजे
माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकको खुद नाफा १.४३ प्रतिशतले  बढेको छ ।  बैकको नाफा १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ६४.११ प्रतिशतले ले बढेर १ अर्ब ५ करोड रुपैयाँ भएको छ । 

 गत वर्ष यसको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २४.२०.प्रतिशत र सञ्चालन नाफा १.५४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २८ पैसाले बढेर १९ रुपैयाँ ९९ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।

२०७९ माघ ८ ०९:१८ बजे

प्रतिक्रिया