लक्ष्मी लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ १४:४३ बजे
लक्ष्मी लघुवित्त

काठमाडौं ।  लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको २०७८/०७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । 

कम्पनीको माघ ४ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी ३८ करोड ४० लाख रूपैँयाको कुल २० प्रतिशत लाभांश वितरण  घोषणा गरेको हो । 

कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि  सेयरधनिहरुलाई वितरण  गरिने छ । 

२०७९ माघ ६ १४:४३ बजे

प्रतिक्रिया