निफ्राको खुद नाफामा उल्लेख्य वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ १३:४५ बजे
निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आव २०७९/८० को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।  कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट अनुसार  ७६ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएको छ । 

निफ्राले आज प्रकाशित गरेको वित्तीय विवरण अघिल्लो आवको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशत बढी रहेको छ । गत आवको समीक्षा अवधिमा ४४ करोड २६ लाख रुपियाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा वितरण योग्य मुनाफा ६० करोड ४१ लाख रुपियाँ रहेको छ । 

समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज ५ करोड ९१ लाखबाट घटेर ४ करोड २५ लाख रुपियाँमा सीमित भएको छ । बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएसरुपिाँ ६६ पैसा बढेर ७ रुपियाँ ९ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १०७ रुपिायँ ७३ पैसा छ ।

२०७९ माघ ६ १३:४५ बजे

प्रतिक्रिया