स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेड बन्यो HDI को टेक्नोलोजी पाटनर

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ २०:०३ बजे
हिमालयन डिस्टिलरी लिमिटेड

कठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको हिमालयन डिस्टिलरी लिमिटेड (HDI) ले छोटो समयमा नै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

नेपाली बजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजी पाटनर  को रुपमा भित्राउन HDI  सफल भएको छ । यो सम्झौता पश्चात HDI टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।  



२०७९ माघ ५ २०:०३ बजे

प्रतिक्रिया