ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ १२:१९ बजे
ग्लोबल आइएमई लघुवित्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १२ प्रतिशत बोनस सेयर रहेको छ भने ८ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ।

माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश  सेयरधनिहरुमा वितरण गरीने छ । 

२०७९ माघ ५ १२:१९ बजे

प्रतिक्रिया