अहिले ठूला कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्यको भूमिका आसनग्रहण र मतदानमा सीमित छ- पुराना वामपन्थी नेता डिल्लीराज भट्ट

bimbonline नरेश झुकालु
२०७९ माघ ५ १०:०६ बजे
डिल्लीराज भट्ट नेनेकपा (एमाले) केन्द्रिय सल्लाहकार समिति सदस्य

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनमा सुदूरपश्चिम मा पुराना वामपन्थी नेता डिल्ली राज भट्ट सँग हामी सम्पर्क गरी भेट हुदा उमेर ७३ वर्ष भन्ने पनि उत्साहित फुर्तिलो र आत्मीय तरिकाले  प्रस्तुत हुनु भयो। हाल नेकपा (एमाले) का केन्द्रिय सल्लाहकार समिति का सदस्य हुनुहुन्छ। नेकपा (एमाले) २०५१ साल देखि आधिकांश समय सत्ता र शक्तिमा रहे पनि उहाँले आज सम्म कुनै लाभको पद प्राप्त गर्नु भएको छैन। उहाँ सँग बिम्ब अनलाइनका सम्वातदाता नरेश झुकालले गरेको कुराकानीका सम्पादित अंशहरू 

तपाइ राजनीतिमा कसरी प्रभावित भइ लाग्नु भयो?

म १३ वर्षको उमेर हुँदा नै सायद २०१७ वा  २०१८ सालतिर हुनु पर्छ चिन वाट भागेर आएको दलाई लामाका अनुयायीहरू को एक समुह सँग डोटीका काउलीगाड मा मेरो भेट भए पछि उनीहरूले चिनमा  कम्युनिष्ट शासन आए पछि हामीलाई देश निकाल गर्यो भन्ने क्रममा मैले कम्युनिष्ट शब्द सुनेको हु। मेरो वाल मस्तिष्कमा कम्युनिष्ट प्रति नराम्रो छाप पर्यो । प्रारम्भि शिक्षा उच्चाकोट वाट पुरा गरे पछि पढाइको क्रममा कैलाली झरे त्यहाँ २०२१ साल तिर काङ्ग्रेसहरूको  एउटा कार्यक्रममा शिवराज र शेर बहादुर देउवा समेतका व्यक्तिसँग भेट भयो। कांग्रेसले पञ्चायतको विरोध गर्ने भएकोले मलाई ठिक लाग्यो र म कांग्रेसका  सदस्य लिए  । मैले शिक्षण पेशा र पार्टीमा  काम गर्दै जादा कांग्रेसको कैलाली जिल्ला कार्य समितिमा  काम गर्दै गर्दा २०२६ साल माघ १६ गते शहीद दिवसको दिन मा म गिरफ्तार मा  परे। १२ वा १३ दिन प्रहरी हिरासत पछि म रिहा भए। सो समयमा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समुहका  रामेश्वर सर्वहारा भन्ने व्यक्ति संगठन विस्तारको क्रममा कैलाली आएको रहेछन्। मेरो रिहाइको दिन मेरो बारेमा बुझेर केही दिन पछि रातिको समयमा मेरो घरडेरामा आए । उनले रात भरी कम्युनिष्ट पार्टीका बारेमा कुरा  गरे मलाई एकतातिर उनका कुरामा रुचि जागेको  छ भन्ने अर्कोतिर यिनी पञ्चायती सरकारका सिआइडि हुन की  भन्ने आशँका पनि सँ-सँगै लागी रहे पनि रातभरि कुरा गरे पछि विहान उज्यालो हुनु भन्दा पुर्व नै उनले म हरेराम शर्मा नेकपा पुष्पलाल समुहको केन्द्रिय सदस्य हु ।तपाइले काग्रेस पार्टीलाई वुझ्नु भएको छैन यो जमिनदार धनिमानिको पार्टी हो तपाइको जिवनशैली (लगाउने लुगा खाने वस्ने तरिका) यिनिहरु सँग मेल खादैन। जुन समयमा यिनिले तपाइ लाइ अपमानित गर्ने छन सो वेला यिनिहरुलाई तपाइले व्यवहारत। काग्रेसलाइ वुझ्नु हुने छ भनेका थिए। एउटा सार्वजनिक कार्यक्रममा काग्रेसका नेताले यस्ता व्यवहार गरे पछि मैले काग्रेस छोडे र कम्युनिष्ट आन्दोलनमा लागे उहाँले  म लाइ माओका सँकलित रचना भएको रेडवुक  किताव पढ्नुहोला भन्नेर छोडेर जानु भयो  मैल रेडवुक धेरैपटक पढसके पछि म कम्युनिष्ट विचार वाट प्रभावित भए। पुन २०२६ सालको चैत्रतिर भारतमा रामेश्वर सर्वहारा सँग मेरो पुन भेट भयो र मैले  कम्युनिष्ट पार्टीको साधारण सदस्यता लिए २०२८ सालमा पार्टी सदस्यता  प्राप्त गरेपछि कम्युनिष्ट पार्टीमा सगठित भए  र जिवनभर यसै आन्दोलनमा छु।

सुदुरपश्चिमको कम्युनिष्ट इतिहासका वारे केहि वताइ दिनु हुन्छ की ?

मैले २०२६ सालतिर कम्युनिष्ट पार्टीको साधारण र २०२८ सालतिर सँगठित सदस्यता लिए। म राजनीतिमा लागेको कुरा पञ्चायती सरकारले थाहा पाए पछि २०३० सालतिर मलाई शिक्षक को पद(जागिर) वाट वर्खात गर्यो । त्यसपछि म पुर्णकालिन कार्यकर्ता भए पार्टीमा लागे। पञ्चायतकालमा पार्टीहरु भुमिगत  हुने भएकोले  अन्य कम्युनिष्ट समुहमा को(को थिए सुरुमा थाहा भएन। २०३६ सालको जनमत सँग्रहमा सुदुरपश्चिममा नेकपा(मशाल) को सवै भन्दा ठुलो संगठन थियो। मशालका नेतामा रामचन्द्र भट्ट,यज्ञराज शात्री,लेखराज भट्ट,जयराज भण्डारी अन्य कम्युनिष्टमा जोगी विष्ट समेत रहेछन्।  विधार्थिहरुमा पनि मशालको पकड रहेको थियो।खेमराज पाठक, वेणिमाधव जोशि,लोकेन्द्र लम्साल विधार्थि नेता थिए। सो समयमा म मनमोहन अधिकारी समुहको सुप इन्चार्ज थिए। नेकपा(मानन्धर) समुहमा कन्चपुरका राम बहादुर चन्द, चन्द्रदेव जोशि,भोजराज जोशि थिए। नेकपा(माले)का कामरेडहरु सँग २०४२ सालको वमकाण्डको समयमा जेलमा परेको वेला चिनजान भयो।यस क्षेत्रमा गेटा स्कुलमा शिक्षण पेशा गर्ने गोविन्द्र कोइराला र शिक्षण पेशामा रहेका दिनेश सुवेदी सँग जेलमा चिनजान भए पछि माले पार्टी पनि सु.प.मा रहेछ भन्ने थाहा भयो।

२०४२ सालको वमकाण्डको घटना बारे बताइ दिनुहुन्छ की ?

रामराजा प्रताप सिह ले नेतृत्व गरेको पार्टीले २०४२ सालतिर राष्टिय पञ्चायत सदनमा वम विष्फोटन गरायो। एक जना पञ्चायतका माननियको मृत्यु पनि भयो। पञ्चायती सरकारले कम्युष्टहरुले वम विष्फोटन गरेएको हो भनि  हामी माथि झुठ्ठा आरोप लगाएर मनमोहन अधिकारी समुह वाट म लाइ, नेकपा (मशाल) वाट मेधराज शर्मा,कविराज शर्मा, रामचन्द्र भट्ट, माले समुह वाट गोवन्द्र कोइराला, दिनेश सुवेदी  लाई गिफ्तार गरेर सँगै जेलमा थियो। सो समयमा मशाल को ठुलो पार्टी थियो। मशालका साथिहरुले मलाई पनि मशालमा आउन अनुरोध गरेका थिए तर टुटफुट र सँघर्षका कार्यक्रम गर्न नसक्ने मशाल पार्टीको भविश्य नदेखेर म मशालमा गएन वरु पार्टी एकता गरौ भने। वमकाण्डको समयमा ७ महिना र राजनितिक जिवनमा ४२ पटक प्रहरी हिरासतमा  पुगेको छु।

कम्युनिष्ट पार्टीको नेतृत्वमा सुदुरपश्चिमा मजदुर ,किसानको पक्षमा र सामान्त जालि फटाहको विपक्षमा कुनै सँघर्ष पनि गर्नु भयो की?

मनमोहन अधिकारीका अनुसार  भिमदत्त पन्तले  पहिले नै कम्युनिष्ट पार्टीको सदस्यता लिएका रहेछन। उहाँलाई २०१० सालतिर मनमोहन अधिकारीले गौरीफण्डामा भेटी तपाइ शसत्र किसान विद्रोह  नगर्नहोस भन्दा मान्नु भएन।  २०१० सालमा वह्मदेव वजारमा सामन्तहरुका पसल कव्जा गरेर अन्न नुन लुगा र अन्य खाध्यवस्तु किसानलाई भिमदत्तले वितरण गरे जाली फटाह माथि भौतिक कार्वाहि पनि  गरे । उहाँको फौज कन्चपुरको वह्मदेव वाट डडेल्धुराको ग्वालेक भन्ने स्थानमा पुगे पछि भारतिय सेनाको सहयोगमा उहाँको हत्या गरियो। पञ्चायत कालमा सुदुरपश्चिममा हामीहरुले भौतिकरुपमा कुनै सघर्ष गर्न सकेनौ तर  विभित्र पत्रपत्रीका र प्रकाशन जस्तै भिम पत्रिका प्रकाशन गरेर वैचारिक सँघर्षलाई भन्ने निरन्तता दियो।

२०४६ सालको जनआन्दोलनमा सुदुरपश्मिका कम्युनिष्टहरुको भूमिका के रह्यो ?

२०४६ सालमा यस क्षेत्रमा रहेका सवै कम्युनिष्ट घटक र काग्रेस मिलेर पञ्चायतका विरुध्द आन्दोलन गरेका थियो। आन्दोलन सफल भएपछि सात वटा वामघटक मिलेर नेकपा(एमाले) वन्यो। मसालको निर्वाचन वहिस्कारको नितिले मसालमा रहेका अठि प्रतिशत कार्यकर्ता एमालेमा समाहित भए अहिले सुपको एमालेको मुलअँश मसाल वाट आएका कामरेडहरु छन।

नेकपा (एमाले) , नेकपा(माओवादी केन्द्र) लगायत वामपन्थी पार्टीहरुका केन्द्रिय कमिटिको सख्या ठुला-ठुला छन यस वारे केही भन्नु हुन्छ की ?

कम्युनिष्ट पार्टीको सख्या सानो हुँदा सिदान्त विचार,विधि र पध्दति वाट चल्दारहेछ। पार्टीको आकार ठुलो हुँदा जादा पार्टी अन्तसघर्ष पेचिलो हुने हुदा  आफुलाइ पदमाटिकाउनका लागी सिदान्त विचार आचरण विधि पध्दति लाई नाधेर जायज नाजायज गधिविधि गर्ने हुँदा पार्टी विकृत वन्दै जादोरहेछ।अहिले नेकपा(एमाले) , नेकपा(माओवादी-केन्द्र) नेकपा(एकिकृत समाजवादी)का केन्द्रिय कमिटी ठुला-ठुला छन तर केन्द्रिय कमिटी सदस्यले वैठकका प्रस्ताव माथि कुनै छलफल ,मत प्रकट गर्ने अवस्था वैठकमा समयका कारण सम्भव छैन। एक जना के‍.स.लाइ १० मिनेट मात्र वैठकको कुन एक एजेण्डमा विचार व्यक्त गर्न दिने हो भन्ने करिव एउटा केन्द्रिय कमिटिको वैठक १५ वा २० दिन  ठूला पार्टी प्यालेस वा खुल्ला चौरमा वस्नु पर्ने हुन्छ।यस्तो गर्न सम्भव छैन। अहिलेका केन्द्रिय समिति सदस्यका पद भन्नेका आसनग्रहण गर्न र वैठकमा कुनै प्रस्ताव माथि मतदान हुने भएमा मतदान गर्न मात्र काम छ अन्य कुनै भूमिका छैन।यसरी कम्युनिष्ट पार्टी चल्दैन।

तपाइको करिव ५० वर्षको राजनिति जिवनको कुनै  अस्मणिय घटना छ की ?

राजनिति गर्दै जादा धेरै सँघर्ष र दुख गरियो। युवाअवस्थामा पारिवारीक सुख समेत लिन सकिएन। जहिले पनि प्रहरीले कतिवेला पक्रिन्छ भन्ने त्रासिपुर्ण दिनहरु पञ्चायतकालमा थिए।२०३९  सालतिरको कुरा हो  पार्टीकामको सिलसिलामा म गैरामा पुगेको थिए प्रहरीले म बसेको घर चारैतिर बाट घेरा हालेका रहेछन ।मैले थाहा पाएर जङ्लतर्फ भागे त्यतिवेला कुनै पनि सडक थिएन । जङगमा वाघ भालुहरु थिए तर पनि एक्लै लुकिछिपि सुरक्षित गाउँतिर पुग्न सफल भए। यो त्रासिपुर्ण र चलाखिपुर्ण घटनाको आज सम्म पनि झलझल्ति सम्झना आउछ।

तपाइले कम्युनिष्ट आन्दोलनमा गरेको कामको आफैले फर्केर हेर्दा कस्तो लाग्छ  ?

२०४६ सालको परिवर्तन पछि राजनितिक गधिविधि गर्न सजिलो भयो। मैले समर्थन गरेको पार्टी २०५१ साल देखि आधिकांश समय सत्ता र शक्तिमा रहेको छ। मैले सदस्यता दिएका कामरेडहरु कयौजना माननिय मत्री भएका छन। पद प्रतिष्ठाका लागी मैले पार्टीमा  कहिले पनि गुटवन्दी वा नाजायज गधिविधि गरेन। राज्यका कुनै पनि पदमा म गएको छैन।आफ्नो श्रम गरेर वाचेको छु । कम्युनिष्ट नैतिकता र चरित्र गुमाएको छैन। म पद  प्रतिष्ठा का लागी नभइ त्याग वलिदान र परिवर्तनका लागी यो आन्दोलनमा जोडिएको हु।  देश जनताका को वर्गमुक्तिका लागी मैले कम्युनिष्ट आन्दोलनमा गरेका काम प्रति मलाई गर्वछ। नयाँ पुस्ताले कम्युनिष्ट आन्दोलनको सिदान्त,विचार ,नैतिकता र चरित्र सहिरुपमा वोकेर अगाडी वढाउन भन्ने मेरो कामना छ।

२०७९ माघ ५ १०:०६ बजे

प्रतिक्रिया