सेयर बजारमा सामान्य गिरावट

bimbonline डम्मर धामी
२०७९ माघ ४ १५:१५ बजे

काठमाडौं । आइतबार र सोमबार बन्द रहेको सेयर बजार कारोबारको दोस्रो लिन आज बुधबार भने ओरालो लागेको छ । हिजो उकालो लागेको सेयर बजार परिसुचक नेप्से आज समान्य अंकले ओरालो  लागेको हो । आज बजार नौ दशमलव एक अङ्कले ओरालो लागेको छ । आज बजार ओरालो लागे सँगै नेप्से  दुई हजार एक सय ७३ विन्दुमा पुगेको छ । 

आज बजार ओरालो लागे पनि कारोबार रकम भने उकालो लागोको छ । आज बजार सामान्य अङ्कले ओरालो लागिरहँदा चार सय ९२ करोड बराबरको कारोबार भएको छ । आज बजार सामान्य अङ्कले ओरालो लागिरहँदा सबैभन्दा धेरै कारोबार राडी हाइड्रो पावर , अपि, नेशनल र अरुण भ्यालीको कारोबार भएको छ ।  

आज बजार सामान्य अङ्कले ओरालो लागिरहँदा सबै भन्दा धेरै कमाउनेमा पिपुल्स हाइड्रो पावर रहेको छ । पिपुल्स सेयर मूल्यमा आज साकारत्मक सर्कीट लागेको छ । बाराहि हाइड्रो पावरको सेयर मूल्य पनि  नौ दशमलव नौ \नौ प्रतिशतले उकालो लागेको छ । त्यस्तै हिमालय उर्जा विकासको सेयर मूल्य नौ दशमलव नौ नौ प्रतिशतले उकालो लागेको छ । आज गुमाउनेमा साल्ट टे«डीङ,सिङगटी हाइड्रो पावर र मिथिला लघुवित्त रहेको छ । 

२०७९ माघ ४ १५:१५ बजे

प्रतिक्रिया