प्रचण्ड आगामि निर्वाचनमा चितवनको तीन नम्बर बाट लड्ने

प्रचण्ड आगामि निर्वाचनमा चितवनको तीन नम्बर बाट लड्ने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १७:४७ बजे
प्रचण्ड

 काठमाडौं । सरकारले  प्रदेश तथा संघको  निर्वाचन  आगामी मंसिर ४ गते  तोकेको  छ ।  सरकारले निर्वाचनको   मिति  तोकेसँगै को  कहाँबाट उठट्ने  भन्ने  चर्चा चल्न  थालेको छ ।  त्यस्तै नेकपा माओवादी केन्द्र चितवन जिल्ला कमिटीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३  बाट लड्ने बताएको छ । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रचण्ड क्षेत्र नम्बर तीन बाटै चुनाव लड्ने निर्णय गरेको हो ।

योसँगै चितवन क्षेत्र नम्बर ३ बाट प्रचण्डलाई जिताउने गरी पार्टीले आवश्यक रणनीति अपनाउने  जिल्ला पार्टी अध्यक्ष आरसी अधिकारीले  जनाएका छन्   ।

अध्यक्ष प्रचण्ड कमरेडको चुनाव लड्ने चितवन क्षेत्र नम्बर तीन नै हो अर्को कुनै जिल्ला वा क्षेत्र छैन । बाहिर अनावश्यक रुपमा मिडियामा कुन जिल्ला कुन क्षेत्र भनेर अनेक आइरहेका  अधिकारीले  बताएका छन् । प्रचण्ड चितवनबाटै चुनाव लड्ने भएकाले पार्टीले संगठन परिचालन, प्रशिक्षण र विकास निर्माणको प्रगतिका विषयमा निर्णय गरेका उनले बताएका छन् । 

प्रचण्डलाई  चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित हुन कुनै समस्या नरहेको उनले  जनाएका छन्  ।  


२०७९ साउन २३ १७:४७ बजे

प्रतिक्रिया