नबिल बैंकले गर्यो ३० प्रतिशत लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २९ १४:०५ बजे
नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले ३० प्रतिशत लाभांश  घोषणा गरेको छ । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा उक्त लाभांश घोषणा गरेको हो ।शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्ष २०७८\७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

नबिल बैंकले यस वर्ष पनि ‘क’ वर्गको बैंकमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ ।

साधारणसभाले संस्थापक शेयरधनी समूहतर्फ ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ । ​नबिल बैंक २०७८\७९ मा निजी क्षेत्रका बैंकमध्ये उच्चतम मुनाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो ।

२०७९ पुष २९ १४:०५ बजे

प्रतिक्रिया