बैंकर्स संघको अध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्विरोध निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ १५:२० बजे
सुनिल केसी

 काठमाडौं । नेपाल बंकैर्स संघको अध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्विरोध निर्वाचित भएका छन्। 

बुधबार भएको संघको विशेष साधारणसभाले उनलाई निर्वाचित गरेको हो। यसअघि संघका अध्यक्षको रुपमा कृषि विकास बैंकका अनिल कुमार उपाध्याय रहेका थिए। तर कृषि विकास बैंकमा उनको कार्यकाल समाप्त भएपछि विशेष साधारण सभा गरेर नयाँ नेतृत्व चयन  गरेको हो। 

यसअघि केसी भने संघको उपाध्यक्ष पदमा  रहेका थिए ।  २०७३ फाल्गुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीसंग बैंकिङ क्षेत्रको ३ दशकभन्दा धेरै काम गरेका छन् । केसी उपाध्यक्षमा चयन भएसँगै रिक्त हुन गएको उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला सभाले आगामी २ वर्षको लागि मनोनित गरेको छ। 

अब संघको कार्यकारी समितिका सदस्यमा अजय बिक्रम शाह, दीपक कुमार दे, कृष्ण ब. अधिकारी, रोशन कुमार न्यौपाने, सुदेश खालिङ, सुमन शर्मा रहने  भएका छन् । संघको सल्लाहकारमा अशोक शमसेर राणा  रहेका छन् । 

२०७९ पुष २८ १५:२० बजे

प्रतिक्रिया