माघदेखि मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत कायम रहने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ ०८:३४ बजे
मुद्दती निक्षेप

 काठमाडौं । नेपाल बैंकर्स सँघले आगामी माघ महिनादेखि मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ। बुधबार बसेको बैंकर्ससँघले  बैंठकले यस्तो निर्णय गरेको हो । हाल बैंहरुको मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत छ। बैंकर्स सँघले माघदेखि उक्त ब्यादर घटाएर ११ प्रतिशतमा झार्ने सहमति गरेको छ।

बुधबारदेखि नै बैंकर्स सँघको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्हालेका थिए। नयाँ नेतृत्व आउने वित्तिकै ब्याजदर घटाउने निर्णय गरेको हो।

निक्षेपको ब्याजदर घट्दा यसले बैंकहरुको लागत घट्ने छ भने यसले बैंहरुको आधार दर पनि घट्ने छ। यसले गर्दा अर्को त्रैमासदेखि कर्जाको ब्याजदर समेत घट्ने भएको छ । 

२०७९ पुष २८ ०८:३४ बजे

प्रतिक्रिया