भारतस्थित नेपाली राजदुतावासको भारतमा रहेका नेपालीहरुको हक-हित सँरक्षणमा नगण्य भुमिका छ- श्री महेन्द्र बस्याल

भारतस्थित नेपाली राजदुतावासको भारतमा रहेका नेपालीहरुको हकहित सँरक्षणमा नगण्य भुमिका छ- श्री महेन्द्र बस्याल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १४:५८ बजे
श्री महेन्द्र बस्याल

 काठमाडौं,  मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव श्री महेन्द्र बस्याल सँग बिम्ब अनलाइन का सम्पादाता डम्मर  धामी ले गरेको कुराकानीको सम्पादित अँश 

महेन्द्र जी तपाइको परिचयका साथै राजनैतिक क्यारिर कसरी शुरू गर्नु भयो बताइ दिनुहोस ? 

मेरो जन्म 2031 संसीर28 गते बाग्लुङको जैमिनी नगरपालिका वार्ड नं 7  जैदी हर्दैवामा भएको हो। मेरो बुवा लाल बहादुर बस्याल भारतको चेन्नैमा सरकारी जागीर गर्नु हुन्थ्यो भने आमा डिलाकुमारी बस्याल गृहणीको रूपमा गाउमै हुनुहुन्थ्यो। हामी तिन भाइ तिन बहिनी हौ। बाग्लुङको दक्षिण भेग मसालको गढ भएको हुनाले मेरा दाजु राम बस्याल सानै देखी मसालको राजनीतिमा सकृय हुनुहुन्थ्यो। उहाँको असर सबै परिवारमा पनि परेको थियो। तर बुवाले कडा बिरोध का साथै सहयोग पनि गर्नु हुन्थ्यो। त्यो समयमा राजनीतिक जीवन त्यती सहज थिएन। लुकी छिपी कार्यक्रममा जानु पर्थ्यो। कार्यक्रम पनि जंगलको बिचमा रहेका खुला मैदानमा हुने गर्दथे। म सानै देखी दाजी राम बस्याल संग कार्यक्रममा जाने गर्थे। गाउमा ज्योति क्लब खोलिएको थियो। म त्यो क्लवको अध्यक्ष थिए। समय समयमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरू भैइ रहन्थे। 245 साल तिरको कुरा हो दाजी र म छीस्ती नेपानेको जनकल्याण मा।बि।मा अध्यान गर्दै थियौ। दाजी 9 कक्षामा हुनुहुन्थ्यो भने म कक्षा 6 मा अध्यान गर्दै थिए।  त्यो समयमा नेवी संघ र अनेरास्वयु छैठौ को कडा प्रतिवाद हुने गर्दथ्यो। दाजी राम वस्याल लगायतका साथीहरू कांग्रेसी अन्याय अत्याचारको बिरोधमा संगठित हुनु भएको थियो। राजनैतिक बिषयकै कारण कांग्रेसीहरूले मेरो दाजु राम बस्याललाइ स्कूल बाट निकाला पनि गरे। त्यस पछि ठूलो आन्दोलन भयो तर राम बस्याललाइ पुन स्कूल भर्ना गराउन सकिएन। नेपानेको राजनैतिक महोल कमजोर भयो। मलाइ राम बस्यालको भाइ भनेर कांग्रेसी मित्रहरूले हेप्ने र पिट्ने पनि गर्नु भयो। एक्लो पना महसुस गरेकै कारण मैले स्कूल बदलेर श्री जनता मावि सर्कुवा गएर अध्यान गर्न शुरू गरे। सर्कुवामा अखिल छैठौको राम्रो बोलवाला थियो। मैले बिध्यार्थी संगठनको स्कूल इकाइ समितिमा रहेर राम्रो काम गर्ने अवसर पाए। त्यो समयमा कृष्ण अधिकारी केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो।

मैले सर्कुवामा अध्यान गर्दै गर्दा  जैमिनी काण्ड घटेको थियो। उक्त काण्डमा एक प्रहरी हवल्दारको मृत्यु भएको थियो। त्यो काण्डले हाम्रो राजनीतिमा केही असर पनि गर्यो। दल बहादुर बिक लगायतका साथीहरूलाइ 27 महिना झूटा मुद्दा लगाएर पासविक याताना दिनुका साथै मसाल सिध्याउने परपञ्च समेत रचियो तर सफल हुन सकेन। हामीले उक्त घटनामा परेका साथीहरूलाइ भेटघाट का साथै सांगठानिक सहयोग गर्ने गर्थ्यो। मैले सर्कुवा बाट अध्यान सकेर पोखरा पढ्न गएको थिए। 1993 को कुरा हो मेरो वुवाको चेन्नैमा हृदयघातका कारण देहान्त भयो। त्यस पछि म आमालाइ लिएर चेन्नै प्रस्थान गरे। चेन्नैमा वुवाको कम्पनीमा जागीर मिल्यो। जागिर मिले पछि मैले चेन्नै बाट राजनैतिक क्यारीर अगाढी बढाउने निर्णय गरे। करिव 1994 बाट म अखिल भारत नेपाली एकता समाजको सदस्य भएर काम गर्न शुरू गरेको थिए। शुरूमा म बिध्यार्थी फाटमा नै काम गरे। करिव 10 बर्ष बिध्यार्थीको केन्द्रीय महासचिवमा रहेर काम गरे। त्यस पछि, बामपंथी युवक मोर्चाको क्षेत्रीय उपाध्यक्ष, केन्द्रीय सदस्यमा रहेर काम गरे, समता समाजको क्षेत्रीय अध्यक्ष र केन्द्रीय सदस्य पनि भए। अहिले एकता समाजको दक्षिण भारत क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय महासचिवको रूपमा रहेर काम गरि रहेको छु। अन्तराष्ट्रिय नेपाली एकता समाजको पनि सचिवमा कार्यरत छु।

भारतमा कार्यरत नेपालीहरू के कति छन रु नेपालीहरूले भोग्नु परेका समस्याहरू के के हुन?  तपाइहरूको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाली मजदूरहरूको पक्षमा के कस्ता काम गरिरहेको छ छोटकरीमा बताई दिनुस है? 

- भारतमा नेपालीहरूको संख्या ठ्याक्कै यतिनै छ भन्न सकिदैन किन कि अन्य देशमा झै भारतमा जाने नेपालीहरूको पासफोटो सिस्टम छैन तसर्थ कुनै सरकारी आंकडी पनि छैन। तर संगठानीक हिसावले भन्नु पर्दा करिव60 लाख नेपालीहरू भारतमा कर्यरत छन भन्ने अनुमान गरिएको छ। अहिले त्यो अनुमानमा पनि केही फरक हुन सक्छ किन भने तेस्रो मुलुकमा जाने लर्कोले गर्दै भारतमा नेपालीहरूको आगमन पातलिदै  गएको पनि अनुभव गर्न सकिन्छ। भारतमा दुइ खालका नेपालीहरू कार्यरत छन। एक थरी प्रवासी नेपाली जो रोजीरोटीको समस्या समाधान गर्नको लागि भारतका बिभिन्न शहरमा छरिएर मजदूरी तथा बन्दब्यापार र अध्यान गर्ने गर्छन। अर्को थरी  आप्रवासी नेपाली जो जमिन संगै भारतमा गाभिएका छन। जस्तै कुमाउ गढवाल, सिक्किम र दार्जिलिङ लगायतका स्थानमा रहेका नेपालीहरू छन। हाम्रो सगठनको दुवै खाले नेपाली भाषीलाइ संगठित गर्नु पर्छ बन्ने मान्यता रहेको छ। अहिले भारतमा कार्यरत नेपालीहरूका समस्याहरू दिन प्रतिदिन बढ्दै गएका छन। पहिला नेपालीहरूको बिरता र विश्वास गर्दा खोजी खोजी सरकारी जागीरमा नियुक्ति गरिन्थ्यो। तर अहिले सरकारी जागिर मिल्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको छ। गैर सरकारी जागीर मिल्न पनि कठिन हुदै गएको छ। किनभने भारतीयहरूले नै आउट सोर्स एजेन्सीहरू खोलेर बिभिन्न कम्पनि संग टाइअप गरी प्रति ब्यक्ति 20 हजारका दरले कम्पनिबाट लिने र 5 हजार आफुले राखेर15 हजारमा नेपाली मजदूरहरूलाइ एजेन्सी मार्फत कजाउने काम गरि रहेका छन। भारतीय कम्पनिहरूले यो सिस्टमलाइ भरपर्दो रूपमा लिन थालेका छन किन भने एजेन्सीहरूले कामदारको फोटो सहित सबै विवरण राख्ने र यदि कुनै कामदार अनुपस्थित भयो भने पनि तुरून्तै फुलफिल गर्न सकिने र यदि कुनै कारणबस गल्ति गरेर भागेमा पनि समाउन सकिने अर्थमा कम्पनिहरूले एजेंसीहरू मार्फतनै कामदारहरू मगाउने गर्दछन।

भारतीयहरूले मात्र नभएर आजकाल त कतिपय नेपालीहरूले पनि एजेन्सी खोलेर नेपाली कामदारहरू सप्लाइ गर्न थालेका छन। मजदूरहरूले पाउने हरेक सेवा सुविधामा कटौति गरेर दिने हुदा यो सिस्टमबाट नेपाली मजदूरहरू निकै मारमा परेका छन। अहिले मजदूरहरूलाइ जागिर लाउनको लागि  आधार कार्ड, राशन कार्ड, पान कार्ड र बैंकको खाताको आबस्यकता पर्ने भएको हुदा नया जागिरमा आउने मजदूरहरूलाइ निकै गाह्रो भएको छ। उपरोक्त डकुमेन्ट मजदूरहरूका हरेक समस्यामा काम लाग्दछन जस्तै यात्रा गर्न, ग्यास बुक गर्न, मोवाइलको सिम निकाल्न, बैंकको खाता खोल्न कुनै कारणबस मृत्यु भएमा क्षतिपूर्तिको माग गर्न र न्यायको पक्षमा मुद्दा मामिल लड्न पनि अति आबस्यकता पर्दछ। यी डकुमेन्ट बनाउन त्यति सजीलो छैन तसर्थ नया मजदूरहरू लाइ पहिला जस्तो जागिर पाउन सजिलो पनि छैन। अर्को तर्फ बिभिन्न आरोप प्रत्याआरोप लागाएर जागीर बाट निकाल्ने, तलव समयमा नदिने, जागिरमा स्थायी नगर्ने, सर्भिसको पैसा नदिने, पेन्सन नमिल्ने, छुट्टी नदिने जस्ता समस्या पनि छन। यदि कसैको दुर्घटना भएमा, बिरामी भएको खण्डमा ठिक ढगँबाट औषधी उपचार नगराइदिने, मृत्यु भएमा कागजपत्रको अभावमा समयम दाहसंस्कार गर्न ढिला हुने र क्षतिपूर्ति समयमा  नदिने जस्ता समस्याहरू पनि रहेका छन। यी सवै खाले समस्याहरू समाधान गर्न हामी र हाम्रो संगठन अहोरात्र खटेर नेपाली मजदूरहरूलाइ आर्थिक नैतिक तथा भौतिक सहयोग गर्दै आएका छौ। अर्को तर्फ यात्राका दौरान असामाजिक तत्वहरूबाट हुने लुटपाट हत्या हिंसा र दुर्घटनाको बिषयलाइ लिएर पनि समय समयमा सम्बन्धित निकायहरूलाइ भेटेर ज्ञापन  बुझाउने काम पनि भएका छन।

भारतमा रहेका नेपालीहरूको हक, हित र सुरक्षाको लागि दिल्ली स्थित नेपाली राजदूतावासले तपाइहरूको संगठन संग समन्वय गरी सहयोग गर्दछ की गर्दैन  ?

-नेपाली मजदूरहरूका लागि राजदूताबासले त्यति राम्रो काम गरे जस्तो लाग्दैन किन कि भारतका कुन कुन राज्यमा कति नेपाली छन भन्ने लेखाजोखा गर्न समेत सकेको छैन। कतिपय दर्दनाक घटनाहरू घटि रहेका हुन्छन त्यो कुराको जानकारी समेत हुदैन राजदूतलाइ कोरोना कालमा कति नेपालीहरूले दुःख पाए तर राजदूताबासले कुनै उल्लेखनिय कार्य गर्न सकेन। बरू हाम्रो सगठनले कोरोना बाट के कति नेपालीहरूको मृत्यु भयो भन्ने तथ्यांक निकाल्नुका साथै लकडाउनको समयमा राहत बितरण, घर जान अलपत्र परेकालाइ ट्रास्पोर्टेसनको ब्यबस्था, असाहय तथा बिरामीलाइ गाडी भाडा फ्री गरी दिएका थियौ। औषधी उपचारमा सहयोग गर्ने काम भएका थिए। कहिले काही नेपालीहरूका पक्षमा राजदूताबासको सहयोग चाहियो भने धेरैनै गुहारे पछि मात्र काम हुने गरेका छन। तर जति छिटो छरितो र उल्लेखनिय कार्य हुनु पर्ने हो त्यति हुन सकेको छैन।

मूल प्रवाह अखिल भारत बिभाजन भएको भन्ने सामाचार आएको छ। के कारणले बिभाजन भएको हो ? 

-मूल प्रवाह अखिल भारत नेपाली एकता समाज विभाजन भएको भन्ने कुरा सत्य हो। एकता समाज नेकपा ९मसाल० लाइ नैतिक समर्थन गर्ने सामाजिक संगठन हो। नेकपा ९मसाल० को आठौ महाधिवेशनले सातौ महाधिवेशनको क्रान्तिकारी स्पिटलाइ छोडेर दक्षिणपंथी संशोधनवादी दिशा अवलम्वन गरे पछि पार्टीमा बिभाजनको अवस्था देखा पर्यो जस्को परिणाम स्वरूप एकता समाजमा पनि पार्टी विभाजनको बाछ्छीटा पर्नु स्वभाविकनै हो । एकता समाज बिभाजन भएको अहिले मात्र हैन जति पटक मसाल बिभाजन भएको छ त्यत्तीनै पटक एकता समाज पनि बिभाजन भएको इतिहास छ। एकता समाजको लखनौमा सम्पन्न सातौ अखिल भारत सम्मेलनमा निर्वाचित पदाधिकारीहरू बिबिध कारणले हटेपछि समिति अल्पमतमा परेको थियो। हामीले त्यो समितिलाइ गोरखपुरमा प्रथम अखिल भारत भेला गरेर बैधानिकता दिने काम गरेर संगठनको अस्तित्व बचाउन सफल भयौ। अहिले हाम्रो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष देव बहादुर लामिछाने हुनुहुन्छ। पार्टीले लिएको दक्षिणपंथी संशोदनवादी लाइन, बर्ग दुश्मन नेपाली कांग्रेस सग बर्ग समन्वयको नीति लिनु, पाच दलिय गठबन्धनमा बसेर mcc  र जन्मका आधारमा नगरिकता दिने र संबैधानिक पदमा अंगीकृतलाइ नियुक्ती गर्न मिल्ने गरि जुन नागरिकता बिधेयक संसदबाट पास गरिएको छ। यी सवै कारणले गर्दा भारतमा कार्यरत नेपाली मजदूरहरू रूष्ट हुनुका साथै ठूलो संख्यामा  हाम्रो पक्षमा झुकाव राख्नु भएको छ। कतिपएले केही समय पर्खनुस अहिलै खुला नगरिदिनुस भनेर पनि देव बहादुर लामिछाने ध्दारा हस्ताक्षरीत सदस्यता लिनु भएको छ। अहिले भारत भरीनै हाम्रो पक्षमा जनमत राम्रो छ।

भारतमा मृगौला पिडीतलाइ तपाहरूले गरेको सहयोग बारे बिवाद उठेको छ। ठाकुर खनाल पक्षले तपाइहरूलाइ मृगौला फेर्न सहयोग उठाएर मृगौला नफेरी उक्त रकम दुरूपयोग गरेको भन्ने आरोप लगाएका छन त्यस बारे स्पष्ट पारी दिनुस ? 

-सहि भन्नु भयो । बिरामीलाइ सहयोग गरेको बिषयलाइ राजनीतिकरण गरेर सम्मेलनमा डुक्रनु र मिडीयामा लेख लेख्नु भनेको राजनीति देखी पतन हुनु हो। यस बारे म थोरै कुर गर्न चाहान्छु। साविक जैमिनी नगरपालीका, किटनी, बाग्लुङ र हाल रूपन्देहीको तामनगरमा निवासी तथा भारतको हैदरवादमा कार्यरत मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष श्री सुर्य पुनजी की श्रीमति सुशिला पुनजीको एउटा मृगौलाले करिव 1998 देखी काम गर्न छोडेको कुरा हैदरावादको मेडीसिटी हस्पिटलले पुष्टी गरेको थियो। 2020 देखी बिस्तारै अर्को मृगौलाले पनि काम गर्न छोड्दै गए पछि निज सुशिला पुनजी हप्तामा एक पटक डायलेसीस गर्न पर्ने हुनु भएको थियो। नेपाल तथा भारतका बिभिन्न मृगौला बिषेशज्ञहरू संग परामर्श गर्दा मृगौला समयमै बदल्नु पर्छ भन्ने सुझाव अनुसार आर्थिक रूपमा कमजोर स्थिति भएका सुर्य पुनजीले देश तथा विदेशमा आर्थिक सहयोगको लागि अपिल गर्नु स्वभाविक नै हो। सोही क्रममा हैदरावादमा काम गर्ने ठाकुर खनाल पक्षका केही साथीहरूले पनि सहयोग गर्न रूची देखाएर  सहयोग रसिद ठेली माग्नु भएको रहेछ। उक्त रसिद मा करिव 1लाख 30 हजार भारू सहयोग गर्नु भएको सुर्य जीले जानकारी गराउनु भएको छ। तर ठाकुर खनाल समूहले के कुटनीति गरेका रहेछन भने अन्य साथीहरूले उठाएको सहयोग रकमलाइ पनि आफुहरूले उठाएको रकममा जोडेर हस्तान्तरण गरेर धेरै उठाएर दिएको भन्ने देखाउन कोशिष गरेका रहेछन। तर उनीहरूले बास्तवमासहयोगगरेको एक लाख तिस हजार नै रहेछ।  देश तथा विदेश बाट केही रकम सहयोगको रूपमा उठेको कुरा सत्य हो। मृगौला प्रत्यारोपण गर्न रकम संकलन भएर मात्र हुदो रहेन्छ। मुख्य भूमिका मृगौला दाताको हुदो रहेछ। चाहेर पनि मृगौला दान गर्न सकिदैन किन की मृगौला कम्तिमा 50 प्रतिशत  भन्दा बढी म्याच हुन पर्दछ। 

घर परिबारमा सरसल्लाह गरी सबैको मृगौला मेडीकल रूपमा चेकजाच गर्दा विवाह नभएकी सानी छोरीको मात्र मृगौला दान गर्न सक्ने आवस्था देखियो। त्यो छोरी मृगौला दिएर आमालाइ बचाउन तयार पनि भएकी थिइन तर कुन आमाले देख्न सक्छ र आफ्नो सन्तान आफु जस्तै जीवन मरणको अवस्थाबाट गुज्रेको रु  आमाले त्यो छोरीलाइ आफू जस्तै पिडामा छटपटिएको देख्न चाहिन्न। गाउका इस्टमित्रहरूले पनि त्यो बिवाह नभएकि बच्चिलाइ मृगौला दान गर्ने कुरामा त्यती जोड दिन सकेनन। त्यस पछि बाहिर मृगौला दान गर्ने मान्छे खोज्ने अभियान चलाइयो तर भनेको समयमा भने जस्तो दाता मिल्न सकेन। बिबिध कारणले मृगौला प्रत्यारोपण गर्ने काम ढिलाइ भएको कुरा सत्य हो। मृगौला प्रत्यारोपण गर्ने कार्य असामान्य कार्य भएको हुनाले तातै खाम जल्दी मोरम भने झै गर्न पनि भएन। डक्टरले औषधीले बचाउने अस्थाइ रूपमा मात्र हो छिटो फिष्टुल्ला बनाएर प्रत्यारोपण गर्ने सुझाव दिइरहेको छ तर उचित मृगौला दाताको अभावमा महिनामा रू30 हजारको औषधी खाएर जीवन मरणको संघर्ष गरिरहेकी छन। एकातर्फ विरामी छन भने अर्को तर्फ ठाकुर खनाल समूहले  चित्र बाहादुर केसी उपस्थिति रहेको हैदरावादको कार्यक्रममा सयौ जनताको अगाडी सुशिलालाइ मृगौला फेर्न दिएको रकमले जग्गा किने कि ऋण तिरियो रु  किन मृगौला प्रत्यारोपण गरिएन रु त्यसको हिसावकिताव गर्न सुशीलाका श्रीमान सुर्य पुनलाइ कठाल्नोमा समातेर घिसार्दै जनताको अगाडी ल्याउने धम्कि सामाजिक संजालमा लाइव गरि दिए पछि त झन उनलाइ आगोमा घ्यु थपि दिए झै मानसिक तनावमा डुबेकी छन । यो सवैलाइ जानकारी भएकै कुरा हो। मृगौला प्रत्यारोपण गर्न धेरै रकमको जरूरत पर्दछ। अपरेशन गर्नु पूर्व र पछि पनि बर्षौ औषधी लिनु पर्छ। अचान्नो को पिर खुकुरीले जान्दैन भने झै विरामीलाइ हौसला दिनुको सट्टा 1लाख 30 हजार सहयोग उठाएर दिदैमा ठाकुर खनालको समूहले सहयोगलाइ राजनीतिकरण गरेर  सार्वजनिक स्थल र मिडियाम औषधीको ठाउँमा विष बमन गर्दै हिड्नु भनेको कहा सम्मको  नैतिक पतन भएका मान्छे रहेछन भन्ने कुरा दिनको घामझै छर्लङगै भएको छ। मृगौला पीडितलाइ दिएको सहयोग प्रति राजनीतिकरण गरेर अराजनितिक र निष्ठूरीपन देखाउनु भनेको जनता बाट आफै पतन हुनु हो। यसलाइ राजनीतिकरण नगरेको भए राम्रो हुने थियो।

संगठन बिभाजन पछि अहिले सम्म के कस्ता काम गर्नु भयो ?   आगामी कार्यक्रहरू के के छन ?

-जब संगठनमा फरक मत राख्नेहरूलाइ पन्छाउन चरम प्रकारको गुटबन्दी, स्पष्टिकरण, एक्लीकरण, निष्काशन, शुध्दिकरणको नाममा अन्धाधुन्दा कार्वाहीलाइ अगाढी बढाइयो त्यस पछि संगठनमा धेरै साथीहरू कार्वाहीमा पर्नु भयो। त्यसपछि उनिहरूले फरक मत राख्ने साथीहरूलाइ पन्छाएर समिति निर्माण गर्न थाले। फरकमत राख्ने साथीहरूले पनि समिति निर्माण गर्नुको बिकल्प थिएन। दक्षिण भारतमा संगठनको बहुमत थियो। त्यहा कुनै समस्या भएन। अन्य कतिपय स्थानमा शुरूमा केही कठिनाइ भएता पनि अहिले संगठनको सहज अवस्था रहेको छ। भारतका सबै राज्यमा संगठन निर्माण भएको छ। सदस्यता लगायत अन्य संगठानिक कार्य शुचारू रूपमा अगाडी बढी रहेका छन। सम्भावित स्थानमा समिति निर्माण कार्य चलि रहेको छ। अहिले एरिया सम्मेलनहरू चलिरहेका छन। अव हामीले निकट भविस्यमै क्षेत्रीय सम्मेलन गरे पछि अखिल भारत सम्मेलनको तयारी गर्नै सोचमा रहेका छौ।

प्रवासमा रहेको तपाइको संगठन नेपालको कुन  पार्टी नैतिक समर्थन गर्दछ ? 

हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा रहेको नेकपा ९मसाल० बिषेश महाधिवेशन पक्ष र राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिलाइ नैतिक समर्थन गर्दै आएको छ।

अन्तमा केही भन्नु छ कि ?

तपाइले मलाइ बिम्व  जस्तो बिचारमूलक अनलाइन पत्रिकामा आफ्ना भनाइ राख्ने मौका दिनु  भएकोमा आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु।  विम्ब अनलाइन पत्रीकाको अझै राम्रो बिकास होस र आमूल परिबर्तन र सर्वहारा वर्गको पक्षमा हमेशा अग्रपंतिमा रहेर आवाज बुलन्द गर्न सक्षम रहोस भन्ने शुभकामना दिन चाहान्छु।

२०७९ साउन २३ १४:५८ बजे

प्रतिक्रिया