महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

कम्पनीले लाभांश वितरण सम्बन्धि सुचना समयमा नदिँदा उसको शेयर कारोबार भने बन्द भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २६ १२:५९ बजे
महिला लघुवित्त

काठमाडौं । महिला लघुवित्तले  ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको छ ।  कम्पनिले गत आर्थिक वर्षको आर्थिक मुनाफाबाट ५० प्रतिशत लाभांश  घोषणा गरेको  हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४७.५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरीने छ । 

कम्पनीले लाभांश वितरण सम्बन्धि सुचना समयमा नदिँदा उसको शेयर कारोबार भने बन्द भएको छ । कारोबार समयमानै लाभांश वितरण सम्बन्धि सुचना दिएपछि उसको शेयर कारोबार रोक्का भएको हो । 

२०७९ पुष २६ १२:५९ बजे

प्रतिक्रिया