प्रधानमन्त्री पुष्पकमल दाहाल सेयर बजारप्रति सकारात्मक

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २५ १२:५१ बजे
प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  नेपालमा  नवीनतम प्रविधिलाई आत्मसाथ गर्दै अर्थतन्त्र सुधार गर्न सरकार लागि पर्ने बताएका हुन ।

ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रधानमन्त्री दाहालले डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको र यसमा सरकारले सकारात्मक पहल अघि बढाउने बताएका हुन् । 

उनले नवीनतम प्रविधिसँगै अघि बढ्नु चुनौती भए पनि तत्काल सुधार गर्नुपर्ने कुरामा सरकार  लाग्ने बताएका छन् । सरकारले अहिलेको आवश्यकता बुझेको बताउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र गतिशील पार्ने कुरामा निजी क्षेत्रसँग सहकार्य गरिने बताए ।

उनले भने , ‘अर्थमन्त्री, गभर्नर र म बसेर विद्यमान समस्या सहजीकरण गर्न समाधानका उपाय खोज्न थालिएको छ ।' प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बनेसँगै अहिले पुँजी बजारमा सकारात्मक अपेक्षा देखिएको र यसलाई विश्वासमा बदल्ने बताए ।

२०७९ पुष २५ १२:५१ बजे

प्रतिक्रिया