ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूकाे एकीकृत कारोबार आजबाट ,अरु बैंकहरु पनि एकआपसमा गाभिदैं

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २५ ०७:५१ बजे
ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डू

काठमाडौं । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि  आजबाट शुरु हुने भएको छ । 

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो । 

मर्जरपश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ चुक्तापुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी पुग्ने भएको छ ।

ग्लोबल आईएमई बैङ्कमा पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् । 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति भइसकेको छ ।

भोलि मङ्गलवार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा पर्सि बुधवार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच पनि एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गर्ने तयारी छ । हिमालयन बैंक र सिभिल बैंक तथा लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्जरको सम्झौता हुँदैछ ।

२०७९ पुष २५ ०७:५१ बजे

प्रतिक्रिया