विश्व आर्थिक मन्दीतर्फ गइरहेको छ : गभर्नर अधिकारी

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १९:४० बजे
गभर्नर अधिकारी

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक मन्दीतर्फ गइरहेको  बताएका छन् । आज आइतवार बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने  बताएका हुन् ।

उनले अहिले विश्वका धेरैजसो देशमा बाह्य क्षेत्रको मन्दी देखिएको बताए ।  गभर्नर अधिकारीले विश्वमा देखिएको बाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताएका छन् । उनले भने, ‘विश्वको अर्थतन्त्र अहिले मन्दितर्फ गइरहेको छ । विश्व आर्थिक मन्दीमा गइराख्दा नेपालमा पनि यसका केही बाछिटाहरू आइरहेको पाइन्छ । यो वर्ष नेपाललाई चुनौती भनेकै मूल्य स्थिरता कायम गर्ने हो, बाह्य क्षेत्रको स्थिरता धेरै हदसम्म स्थिर हुँदै आएको छ ।’ 

विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै उनले नेपालमा पनि केही मिल्दा असरहरू देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौती रहेको बताए । अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि सङ्कुचित भएको बताउँदै सन् २०२३ मा झनै घटेर २ दशमलव ७ प्रतिशतमा सङ्कुचन आउने प्रक्षेपण रहेको  बताए । 

२०७९ पुष २४ १९:४० बजे

प्रतिक्रिया