आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा सामानहरू खरिद गर्दा १० प्रतिशत छुट

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १३:२१ बजे
आईएमई पे

काठमाडौं ।  आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता भएको छ । अब ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत अर्थात् एक पटकमा अधिकतम २०० रुपैयाँसम्म  छुट पाउने छन् । 

यो अफर आईएमई पेको फिजिकल भिसा कार्डमार्फत् पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न  सकिने छ । यस अफर अवधिभरी  काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन सकिने कम्पनीले जनाएको छ । 

२०७९ पुष २४ १३:२१ बजे

प्रतिक्रिया