ढल्केवरको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न

bimbonline दिवेश कुमार महतो
२०७९ पुष २३ १९:४३ बजे
साधारणसभा

ढल्केवर । धनुषाको मिथिला नगरपालिका - ७ ढल्केवर मा रहेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

ढल्केवर कृषि बजारमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्रीराम यादवको अध्यक्षता तथा मिथिला नगरपालिका वार्ड नं-६ का वडाध्यक्ष नन्दकिशोर यादवको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष यादवले आर्थिक वर्ष २०७८\०७९ सालको कार्य प्रगति तथा आ.व. ०७९\०८० को निति तथा योजना प्रस्तुत गरेका थिए । साथै आ।व।२०७९\०८० का लागि अनुमानित आयव्यय समेत उनले प्रस्तुत गरेका थिए । आ.व.२०७८\०७९ मा उत्कृष्ट बचत तथा ऋण कारोबार गरेका ४० जना सदस्यहरूलाई सम्मान गरेका थिए ।

संस्थाको व्यवस्थापक हरिलाल महतोले संस्थाको आ.व, २०७८\२०७९ को आयव्यय विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए । गत आर्थिक वर्षमा २ करोड ३४लाख ३१ हजार ९ सय १२ रुपैयाँ ऋण लगानी संस्थाबाट भएको थियो भने चालु आर्थिक वर्ष २०७९ मंसिर २९ गते सम्ममा संस्थाले ७८ लाख ७८ हजार २ सय रुपैया ऋण लगानी गरेको छ।

यस्तै गत आर्थिक वर्षमा ३ करोड ३४ लाख ८८ हजार ३ सय ९७ रुपैयाँ बचत संकलन गरेको छ भने चालु आ।व।को मंसिर २९ गते सम्ममा १ करोड ३५ लाख ७४ हजार ६ सय ५५ रुपैयाँ बचत संकलन गरेको छ । गत आर्थिक वर्षमा सेयर पुँजी ५६ लाख ४५ हजार २ सय रहेको र चालू आ।व। को मंसिर २९ गते सम्ममा सेयर पुजी ५६ लाख ६३ हजार २ सय रुपैंया रहेको कुरा जनाइएको छ ।

कार्यक्रममा मिथिला नगरपालिका वार्ड नं-७ का वडा अध्यक्ष श्री राम बहादुर स्याङदन, ढल्केवर कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतो,विभिन्न सहकारी का अध्यक्ष तथा प्रतिनिधि , संचालक समिति का सदस्यहरु,लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, ऋणउपसमितिका सदस्यहरु लगायत बचतकर्ता तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

Open photo

२०७९ पुष २३ १९:४३ बजे

प्रतिक्रिया