सुनको मृल्य आज तोलामा ८ सय रुपैयाँले घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २२ ११:४३ बजे
सुनको मृल्य

काठमाडौं । नेपाली बजारमा  सुनको मृल्य आज तोलामा ८ सय रुपैयाँले ओरालो लागेको छ ।  आज सुनको  मुल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी महासंघले जनाएको छ । 

हिजो १ लाख ३ हजार १ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर भइरहेकाले नेपाली बजारमा पनि घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७९ पुष २२ ११:४३ बजे

प्रतिक्रिया