मृत्युदाबि भुक्तानी पाएपछि , बिमा कम्पनी ले मृत्युदाबी रकम दिन्छ भन्ने आफुलाइ बिश्वास नै थिएन

bimbonline आँशु भण्डारी
२०७९ पुष २१ १४:३८ बजे
मृत्युदाबि भुक्तानी पाएपछि

जोगबुडा । डडेलधुरा जिल्ला आलिताल गाउपालिका वडा न.४ कोइलानी बस्ने धौलीदेवी बोहरा लाई सन नेपाल लाइफ इन्स्योरेन्स क.लि.धनगढी शाखा अनतर्गत जोगबुडा उपशाखा द्वारा  मृत्युदाबी भुक्तानी रकम चेक मार्फत हस्तान्तरण गरिएको छ।

दुई बर्षअघि मात्र आलिताल ४ कोइलानी बस्ने  तारा सिंह बोहराले दुईलाख नब्बे हजार को सन लाइफ साबधिक जीवन बिमा योजना बनाउनु भएको थियो ।बिमित तारा सिंह बोहराको जीवन बिमा बनाएको  दुई बर्ष पछि सुगर रोगका कारण मृत्यु भएको थियो।

मृत्यु भएपछि बिमालेख  प्राप्त कागजातको आधारमा दाबिकर्ता बिमितको श्रीमती धौलीदेबि बोहरा लाई उपशाखा जोगबुडा कार्यालय ले क्रिया खर्च ५०,०००,सहित बोनस र बिमाङ्क रकम गरि जम्मा ३,५२,६८८ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको उपशाखा प्रमुख वीर बहादुर खाती ले बिम्ब अनलाइनलाई जानकारी गराउनु भयो।

 धौली देवीले मृत्युदाबी भुक्तानी रकम प्राप्त गरिसकेपछि खुशी हुँदै अब यो रकमले ऋण तिर्न र बाकी रकम घर खर्चमा सहज हुने बताउदै समयमै क्षमतानुसार जीवन बिमा गरि ढुक्क हुन सबैमा आग्रह समेत गर्नुभयो।

बिमा कम्पनी ले मृत्युदाबी रकम दिन्छ भन्ने आफुलाइ बिश्वास नै नभएको तर आज आफैले रकम पाउँदा खुशी हुनुका साथै यसले समाजमा बिमा ब्यब्साय प्रती सकारात्मक संदेश समेत दिएको धौलिदेबी ले बिम्ब अनलाइन सङ्ग बताउनु भयो।

Open photo

२०७९ पुष २१ १४:३८ बजे

प्रतिक्रिया