सेयर बजारमा छलाङ

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० १५:१६ बजे
सेयर बजार

काठमाडौं । लगातार उकालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से आज कारोबारको चौथो दिन पनि उच्च अंकले उकालो लागेको छ । हिजो सामान्य अंकले ओरालो लागेको नेप्से आज उच्च अंकले उकालो लागेको हो । सुरका केही घण्टा सामान्य रहेको नेप्से अन्तिम घण्टामा भने उच्च अंकले उकालो लागेको हो । नेप्से आज सवा तीन प्रतिशतले उकालो लागेको हो । आज नेप्से ६४.७८ अंकले उकालो लागको हो ।

आज नेप्से उकालो लागेसँगै २१२५.९४ को विन्दुमा पुगेको छ ।  आज बजार उकालो लागिरहँदा विभिन्न कम्पनीहरुकाे ३५० करोड बराबरको कारोबार भएको छ । 

आज विभिन्न आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको  छ । आज गुमाउनेमा नेपाल एसविआई बैंक , सनराइज वुलुचिफ फन्ड र अजोड इनस्योरेन्स रहेको छ ।  आज सबै भन्दा धेरै कारोबार हुनेमा  हिमालय डिस्टीलरी , सानिमा हाइड्रो पावर र नेपाल टेलिकम रहेको छ । 

२०७९ पुष २० १५:१६ बजे

प्रतिक्रिया