सेयर बजार कारोबार २ अर्बमा मात्रै सीमित

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १८ १५:४८ बजे
सेयर बजार

काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा उकालो लागेको छ । नेप्से आज  १७ अंकको उकालो लागेको हो । नेप्से आज उकालोृ लागेसँगै २०६३.८३  विन्दुमा पुगेको छ । 

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने  ओरालो लागेको छ । आइतबार ४ अर्ब ४ करोड ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । 

आज  नबिल बैंक उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबर गरेको छ । यस्तै, दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज म्यानु एण्ड प्रो, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । धौलागिरि लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज १०\१० प्रतिशतले कमाएका छन् भने एनएमबीका लगानीकर्ताले ४.८० प्रतिशतले गुमाउन पुगेका छन् । 

२०७९ पुष १८ १५:४८ बजे

प्रतिक्रिया