नक्टाझिजस्थित हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न

bimbonline दिवेश कुमार महतो, ढल्कवेर
२०७९ पुष १६ १९:१९ बजे
हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

धनुषा । धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजस्थित हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औ‌ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

धनुषाको मिथिला नगरपालिका नक्टाझिज विश्वकर्मा चौकमा अवस्थित हिमालय युवा क्लबको भवनमा कार्यालय संचालन गर्दै आएको हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा हिमालय युवा क्लबको प्राङ्गणमा शनिबार  सम्पन्न भएको हो । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष धनिकलाल महतोको अध्यक्षता तथा प्रदेश सभा सदस्य हरिनारायण महतोको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका प्रबन्ध अजय कुमार महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो बचत तथा ऋण सहकारी संस्थामा हाल आ।व। ०७८\०७९ मङसिर सम्ममा ४८४ जना महिला,४२७ पुरुष,२ संस्था,५ संयुक्त गरी जम्मा ९१८ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर रकम हाल ३४ लाख ११ हजार ४ सय ३९ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७८\०७९ मङसिर सम्म मा रु। ३ लाख ७२ हजार ९० रुपैयाँ शुद्ध नाफा आर्जन गरेको संस्थाका प्रबन्धक महतोले बताएका छन् ।

आर्थिक वर्ष २०७८\०७९ मा ३ करोड ३३ लाख ६० हजार ५ सय ४९ रुपैयाँ निक्षेप बचत जम्मा गरेको छ भने ४ करोड ६० लाख ८२ हजार ६ सय ६४ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

साधारणसभा कार्यक्रममा विशिष्ठ अतिथी मिथिला नगरपालिका २ का वडाअध्यक्ष बिहारी महतो, हिमालय युवा क्लब का पुर्वअध्यक्ष एवम् संरक्षक अरुण कुमार महतो, हिमालय युवा क्लबको अध्यक्ष शिवराम महतो , समाजसेवी दिनेस महतो, सामुदायिक कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको अध्यक्ष रितलाल महतो , वार्ड नं २ का वाडा सदस्य सहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, संस्थाको संचालक समिति, शेयरधनी, बचत कर्ता लगायत स्थानीयहरुको  उपस्थिति रहेको थियो।

२०७९ पुष १६ १९:१९ बजे

प्रतिक्रिया