लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ १०:२० बजे
लुम्बिनी जनरल इन्स्योरेन्स

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाला कायम चुक्ता पूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो लाभांश घोषणा गरेको हो। 

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयर धनिहरुलाई वितरण गरिने भएको छ । 

२०७९ पुष १४ १०:२० बजे

प्रतिक्रिया