कसले गर्यो प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ ०९:४१ बजे
ट्वीटर अकाउन्ट लक्ड

काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अकाउन्ट लक भएपछि ट्वीट हेर्न र कमेन्ट गर्न  नपाउने भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे  कुनै जानकारी नभएको बताएको छ ।  यसबारे आफूहरुले बुझिरहेको सचिवालयले बताएको छ । 

प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले भने, ‘मैले हेर्ने गरेको अध्यक्ष प्रचण्डको व्यक्तिगत ट्वीटर हो । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको पनि छैन । कसले, किन अकाउन्ट लक्ड गर्यो हामी बुझ्दैछौं ।’

कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ । प्रचण्डको फोटो अपडेट पनि आफूहरुबाट नभएको शर्माले  बताएका छन् । 

२०७९ पुष १४ ०९:४१ बजे

प्रतिक्रिया