३१ महिनापछि चीनले खोल्यो रसुवागढी नाका

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ २०:१२ बजे
रसुवागढी नाका

काठमाडौं । चीनले नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला गरेको छ । कोरोना महामारी सुरु भएयता पहिलो पटक चीनले मंगलबारदेखि रसुवागढी नाका खुला गरेको गरेको हो ।

३१ महिनादेखि बन्द रहेको उक्त नाका रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको भएको छ ।

चैत २०७६ मा नेपाल सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो । चीनले तत्कालका लागि रसुवागढी नाका मात्रै खोलेको हो । यता सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द अवस्थामा रहेको जनाइएको छ।

२०७९ पुष १२ २०:१२ बजे

प्रतिक्रिया