नेप्से प्रि ओपन सेसनमा करिब ५ अंक बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ ११:०२ बजे
नेप्से प्रि ओपन सेसन

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले उकालो लागेको छ । 

अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ५६.८८ अंक बढेर १९२४.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.७२ अंक बढेर १९२८.८१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३० अंकले उकालो लागेको छ । 

मंगलबार प्रि ओपन सेसनमा ४१ स्टकको ३५ लाख २८ हजार ३९९ रुपैयाँ ६० पैसा बराबरको ९ हजार ८७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

२०७९ पुष १२ ११:०२ बजे

प्रतिक्रिया