प्रचण्डले दिउसो ४ बजे सपथ लिदै, सँग सँगै सरकारमा जादैछ यी मन्त्रीहरु पनि

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ११ ११:२६ बजे
प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउसो हुने भएको छ । दिउसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथ लिने कार्यक्रम रहेको छ।आज सानो आकारको मन्त्रिपरिषद् बन्ने छ ।

नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ भने एमालेबाट विष्णु पौडेल सरकारमा सहभागी हुने तयारी छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि आजै सरकारमा सहभागी हुने तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ ।

यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको एक नेताले  बताएका छन् ।  सभामुख भने नेकपा एमालेले लिने भएको छ ।

२०७९ पुष ११ ११:२६ बजे

प्रतिक्रिया