गत साता घटेको नेप्से अब तल्लो १८०० र माथिल्लो २४०० सयको प्रतिरोधको सामना

गत साता घटेको नेप्सेअब तल्लो १८०० र माथिल्लो २४०० सयको प्रतिरोधको सामना

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ ०९:४२ बजे
नेप्से

काठमाडौं ।   केहि दिन यता उकालो यात्रामा रहेको  नेप्से गत साता भने  केहि अंकले ओरालो लागेको छ । गत साता नेप्से परिसूचक उतारचढाबका बाबजुद  करिब २७ अंकले ओरालो लागेको हो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से, गत साता २६.८४ अंक अर्थात १.२५ प्रतिशत घटेर २११३.५५ विन्दुमा बन्द भएको हो।

गत साता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी ४ कारोबार दिन ओरालो लागेको थियो।यस अनुसार यस साता नेप्से उकालो लागेमा २४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साताको अन्तिम दुई कारोबार दिन नेप्सेले बियरिश क्यान्डल बनाएको छ । ंयसले सो दिनहरुमा बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा नेप्सेले उच्च भोल्यूमसहितको बियरिश पिन बार मैनबत्ती बनाएको छ। जुन प्राय नकारात्मक संकेत गर्दछ । 

नेप्से ओरालो लागेपनि गत साता  कारोबार रकम  भने बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम २ खर्ब ८७ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३३.५५ प्रतिशत बढी हो।

साताको अन्तिम कारोबार दिन यस उपसमूहले बियरिश मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ताहरुको चाप बढेको संकेत गर्दछ।

२०७९ साउन २२ ०९:४२ बजे

प्रतिक्रिया