काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले आफ्नो केन्द्रिय कार्यालय, सभागृहचोक पोखरामा बिहान ११ बजे सो सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया