अभियान लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ ०९:२८ बजे
अभियान लघुवित्तको आईपीओ

काठमाडौं ।  अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले  जारी गरेको  आईपीको लागि आवेदन दिने दिन आज अन्तिम रहेको छ । साउन१८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता निष्काशनमा ल्याएको हो।

लघुवित्तले निष्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

२०७९ साउन २२ ०९:२८ बजे

प्रतिक्रिया