सहकारीको लकर तोडेर ५ लाख बढीको चोरी

bimbonline माधव राज जोशी
२०७९ पुष ७ १२:४२ बजे
चोरी

कैलाली। कैलालीको गोदावरी नगरपालिका २ मा एक सहकारीको लकर तोडेर ५ लाख बढीको चोरी भएको छ। गोदावरी नगरपालिका २ मा रहेको साना किसान कृषि सहकारीको लकर तोडेर ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। झ्यालको ग्रिल निकालेर भित्र पसेको चोरले लकर टुटाएर रुपैयाँ चोरेर लगेको सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बताए।

बिहान सहकारीमा सफाइ कर्मचार आउँदा चोरी भएको थाहा पाएको बताए। उनले सहकारीमा सिसिटिभि क्यामेरा जडान गरेको भएपनि चोरले क्यामेराको डिभाइस नै चोरेर लगेको बताए।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले चोरले सहकारीको सिसिटिभि क्यामेरा चोरेर लगेकाले सडकमा जडान भएका अन्य क्यामेराको फुटेज चेकजाँच गरिरहेको बताए। अहिले प्रहरी सहकारीमा पुगेर अनुसन्धान गरिरहेको उनले बताएका छन् ।

२०७९ पुष ७ १२:४२ बजे

प्रतिक्रिया