पोखरा फाइनान्स कम्पनीको लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ५ ११:५६ बजे
पोखरा फाइनान्स कम्पनी

काठमाडौं । पोखरा फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । 

फाइनान्सको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्ताविक लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत  भएपछि अबको साधारणसभाबाट पारित भएपछि कम्पनीका सेयरधनीहरूलाई वितरण गरिने छ । हाल यो कम्पनीको चुक्ता पुँजी एक अर्ब चार करोड नौ लाख रुपैयाँ  रहेको छ । 

२०७९ पुष ५ ११:५६ बजे

प्रतिक्रिया