सुनचाँदीको मूल्यमा सामान्य गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ५ ११:४९ बजे
सुनचाँदी

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य रुपैयाँले ओरालो लागेको छ । हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले ओरालो लागेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँका कारोबार भएको महासंघले जनाएको छ । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । 

आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको  महासंघले जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

२०७९ पुष ५ ११:४९ बजे

प्रतिक्रिया