महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ १२:४४ बजे
महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८\७९ सम्मको मुनाफबाट लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.४७ प्रतिशत लाभांश  प्रस्ताव गरेको छ । 

उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी २१औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरीने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

गत वर्ष यस कम्पनीले २०  प्रतिशत बोनस सेयर र १.०५  प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

२०७९ पुष ३ १२:४४ बजे

प्रतिक्रिया