बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँट

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ ११:३४ बजे
ipo

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइिपओ आज (आइतबार) बाँडफाँट भएको छ।  बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर वितरण गरीएको हो ।  आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। 

जसमध्ये १५ हजार ४० जनाको आवेदन रद्द भएको थियो । कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। 

कम्पनीले पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा २ लाख ५० हजार कित्ता आइपिओ वितरण गरेको थियो। सो समयमा बिक्री हुन नसकेको १ लाख ४ हजार कित्ता सेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गरेको हो।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको कम्पनीले बताएको छ।  यो बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि वितरणमा आएको हो। 

२०७९ पुष ३ ११:३४ बजे

प्रतिक्रिया