इन्धनको मूल्य घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २ ०७:२७ बजे
इन्धनको-मूल्य-घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटाएको हो । 

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको रहेको छ । 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि पनि ठूलो नाफामा छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन  भने गरेको छैन् । 

मूल्य सूची


२०७९ पुष २ ०७:२७ बजे

प्रतिक्रिया