एक लाखभन्दा तल झर्‍यो सुनको मूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ १२:०३ बजे
सुनको मूल्य

काठमाडौं । पुस महिना कारोबारको पहिलो दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य  ओरालो लागेको छ । नेपाली बजारमा आज सुन तोलामा ४०० रुपैयाँले 

ओरालो लागेको हो । ४०० रुपैयाँ घटेसँगै सुनको मूल्य प्रतितोला १ लाखभन्दा तल झरेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको थियो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो। 

मंसिर २३ गते तोलामा ६ सय रुपैयाँ बढेर सुनको मूल्य १ लाखभन्दा माथि पुगेको थियो। त्यसयता मूल्यमा लगातार गटबढ भइरहे पनि लाख माथिकै मूल्यमा कारोबार भइरहेको थियो।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।    


२०७९ पुष १ १२:०३ बजे

प्रतिक्रिया