नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ ११:५६ बजे
नेपाल पुनर्बिमा कम्पनी

काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीमा नयाँ अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । अर्थ मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव इश्वरी प्रसाद अर्याल पुनर्बिमा कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

यसअघि गत मंसिर ११ गते रवीन्द्र घिमिरेले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । कोरोना बिमाको भुक्तानी दिने विषयमा नेपाल बिमा प्राधिकरण र पुनर्बिमा कम्पनीबीच विवाद चर्किरहेका बेला घिमिरेको राजीनामा  दिएका थिए । बिमा प्राधिकरणले कोरोना बिमा मापदण्ड भन्दा बढीको दायित्व भुक्तानी गर्न पुनर्बिमा कम्पनीलाई दबाब दिएपछि घिमिरेले राजीनामा दिएका थिए । 

२०७९ पुष १ ११:५६ बजे

प्रतिक्रिया