काठमाडौं । धेरै मानिसहरुलाई थाहा हुन्नकी किताब किन पढ्ने । कोहि बाध्यताले त कोहि रहर र देखाउनका लागि भए पनि किताब बढ्ने गर्दछन् । कुनै पनि काम गर्दा जानेर र बुझेर गर्नु र नजानेर गर्नुमा धेरै फरक हुन्छ ।
किताब पढ्नुको फाइदा
जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः
१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् ।
२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ ।
३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ ।
४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ ।
५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ ।
६, आमा-बुबाको मूल्य बुझिन्छ ।
७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ । जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् ।
८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ ।
९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ ।
१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ ।
११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन ।
११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ ।
१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ ।
१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ।यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् ।
१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो-मानबता ।
१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ ।
१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् । बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं १ केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ।यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ ।
१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् ।
प्रतिक्रिया