एचआइडिसिएलको लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ ११:०५ बजे
एचआइडिसिएल

 काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले  लाभांश घोषणा गरेको छ । कम्पनिले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको  हो ।  

कम्पनीको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने  घोषणा गरको हो । 

प्रस्तावित उक्त लाभांश नेपाल सरकारको स्वीकृति पाएपछि कम्पनीको आगामी ११औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ। कम्पनीले साधारण सभा पुस २६ गते बस्ने भएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ। पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउँनेछन्।

२०७९ मंसिर २९ ११:०५ बजे

प्रतिक्रिया